बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

नक्कली ‘हेड एन्ड सोल्डर स्याम्पु’ र बिएमसी मसला बनाउने उद्योग संचालक पक्राउ

‘ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीज’को नाममा भारतीय ब्राण्डको बिएमसी मिट मसला र ‘हेड एन्ड सोल्डर स्याम्पु’ अत्याधुनिक मेशिनहरू राखी उत्पादन गरी बजारमा विक्री वितरण गरिरहेको सूचनाको आधारमा पक्राउ 

काठमाडौं, २८ कात्तिक । नक्कली स्याम्पु र बिएमसी मसला बनाउने सामानसहित ‘ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीज’का संचालक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–१५ नैकाप बस्ने धादिङ धार्केका बासु प्रसाद विडारी र उनकी श्रीमती ज्योति विडारीलाई नक्कली स्याम्पु र बिएमसी मसला बनायने अत्याधुनिक मेशिनसहित प्रहरीले मंगलबार दिउसो पक्राउ गरेको हो ।

प्रशरीका अनुसार ‘ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीज’को नाममा भारतीय ब्राण्डको बिएमसी मिट मसला र ‘हेड एन्ड सोल्डर स्याम्पु’ अत्याधुनिक मेशिनहरू राखी गैर कानूनी रुपमा उत्पादन गरी बजारमा विक्री वितरण गरिरहेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं र स्थानिय प्रतिनिधिहरूको रोहवरमा उक्त उद्योगमा तलासी गर्दा नक्कली स्याम्पु र बिएमसी मसला बनाउने सामान फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त उद्योगबाट ४४ बक्स बिएमसी मिट मसला, ११ बोरा मसलाको कच्चा पदार्थ धुलो करिब १ सय केजी, बिएमसी मसला प्याक गर्ने प्लास्टिक प्रिन्टेड रोल ११ वण्डल, प्लास्टिक रोल (मसला प्याक गर्ने) ५ वण्डल, तयारी मसला ठूला कार्टुन २ सय ५० थान ब।ामद गरेको छ ।

त्यस्तै, बजार पठाउन लागिएको तयारी ‘हेड एन्ड सोल्डर स्याम्पु’ ३ सय ७० बक्स, स्याम्पु बनाउन प्रयोग गरिएको कच्चा पदार्थ २ बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेशिन ३ थान बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई कालोबजारी, प्रतिलिपि अधिकार ऐन तथा राजश्व छली सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा