बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

‘न्याय क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूर्ति गर्न स्वयंसेवककै रूपमा काम गर्न तयार छौँ’

भेटघाटकै क्रममा सेसनका प्रतिनिधिमण्डले सरकारलाई आवश्यक परे आफूहरु स्वयंसेवककै रूपमा काम गर्न तयार रहेको जानकारी गराएका हुन् ।
फोटो : कृष्ण खनाल /फेसबुक

काठमाडौं, २७ कात्तिक । सरकारले न्याय क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको बताइरहँदा कानून व्यवसायीहरुले सरकारलाई आवश्यक परे स्वयंसेवककै रूपमा काम गर्न तयार रहेको बताएका छन् ।

सोसल इन्जिनियरिङ स्कुल नेपाल (सेसन) को प्रतिनिधिमण्डलसँग मंगलबार भेटघाटको क्रममा कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले न्याय क्षेत्रमा दक्ष जनशक्ति अभाव हुँदै गएको बताए । भेटघाटकै क्रममा सेसनका प्रतिनिधिमण्डले सरकारलाई आवश्यक परे आफूहरु स्वयंसेवककै रूपमा काम गर्न तयार रहेको जानकारी गराएका हुन् ।

सेसनको प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री ढकालले क्षमतावान व्यक्तिको न्याय सेवामा काम गर्ने रुचि घटेकाले न्याय क्षेत्रमा योग्य जनशक्तिको अभाव खड्किएका बताए । उनले न्यायाधीशका अतिरिक्त अन्य जनशक्ति पनि सशक्त भए न्याय क्षेत्रमा अपेक्षाअनुसारको कार्य सम्पादन हुने बताए । 

मन्त्री ढकालले कानून व्यवसायीसँग सहयोग गर्नसमेत आग्रह गरेका छन् । ‘संविधानसँग बाझिएका थुप्रै कानुन संशोधन गर्न बाँकी छन्’, उनले भने, ‘न्याय क्षेत्रमा अझै सुधारका धेरै काम बाँकी रहेकाले मन्त्रालयले प्रभावकारी रूपले काम गरिरहेका छ ।’

सेसनका अध्यक्ष अधिवक्ता आरसी गौतमले कानुनी क्षेत्रमा पर्याप्त जनशक्ति रहेको र त्यसलाई प्रयोग गरेर अगाडि बढ्न कानुनमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले कानुन व्यवसायी कानूनी क्षत्रको विकासका लागि आफूहरु स्वयंसेवककै रूपमा काम गर्न तयार रहेको जानकारी गराएका छन् । 

भेटघाटका क्रममा सेसन उपाध्यक्ष प्रमोद कुमार थापा, महासचिव कृष्ण बहादुर खनाल, सचिव दीपकराज जोसीलगायतले आवश्यक परेको खण्डमा सरकारलाई स्वयंसेवीरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा