बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

चक्कु प्रहार गरी श्रीमतीको हत्या अभियोगमा पक्राउ

सामान्य विवादमा आफ्नै डेरामा ३५ वर्षीया श्रीमती प्रमिला राईमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 

काठमाडौं, २६ कात्तिक । आफ्नै श्रीमतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ४० वर्षीय सुबास राईलाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० माउण्ट कैलाशडाँडा कपन डेरा गरि बस्ने राईलाई श्रीमतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आइतबार राती प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार राईले सामान्य विवादमा आफ्नै डेरामा ३५ वर्षीया श्रीमती प्रमिला राईमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते राईलाई उपचारको लागि ‘हेल्पिङ हेण्ड हस्पिटल’ चावहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
     
घटनाको सम्बन्धमा अभियुक्त राइसँग आवश्यक बयान लिई प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा