बुधबार, २६ मङ्सिर, २०७५ Wednesday, 12 December, 2018

नेविसङ्घद्वारा ढकालको रिहाइको माग

कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द र कात्तिक २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्नेलगायत कार्यक्रम सार्वजनिक
फाइल फोटो / वेब

काठमाडौं, २४ कात्तिक । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले तपेश्वर माध्यमिक विद्यालय काभ्रेका इकाइ अध्यक्ष कृष्ण ढकाललाई विनाशर्त रिहाइ नगरिए आन्दोलन गर्न बाध्य हुने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न बहानामा नेविसङ्घका कार्यकर्तालाई पक्राउ गर्ने र जेलमा हाल्ने काम गरेकोप्रति विरोध जनाए । 

नेविसङ्घले ढकालको पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द र कात्तिक २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा