बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

देउसीभैलो खेल्ने क्रममा झडप हुँदा नौ घाइते, १० पक्राउ

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् ।
सांकेतिक फाइल फोटो / वेब

बाँक, २३ कात्तिक । बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । 

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो । 

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् । उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा