बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

दीपावलीमा आगलागी हुँदा चार लाखको क्षति

दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ ।
फाइल फोटो / वेब

तौलिहवा, २२ कात्तिक । कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ । 

आगलागीबाट करीब रु चार लाख १५ हजार मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ । प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको प्रयासमा आगो नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । 

आगलागीबाट कलवारको घरको सटर कोठामा रहेका दुई वटा मोटरसाइकललगायत अन्य मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा