बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

रु चार लाख ५५ हजारसहित २३ जुवाडे पक्राउ

दशैँयता जुवातास खेल्ने ४३ जना विरुद्ध मुद्धा दर्ता
फाइल फोटो / वेब

चितवन, २२ कात्तिक ।  भरतपुर महानगरपालिकाका दुई स्थानबाट प्रहरीले गए राति रु चार लाख ५५ हजार ९५० नगदसहित २३ जुवाडे पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राति १ बजे भरतपुर महानगरपालिका–१६ शरणपुरबाट १९ जनालाई रु एक लाख ४९ हजार ६८५ नगदसहित पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार राति नै भरतपुर महानगरपालिका–१५ फुलबारीबाट रु तीन लाख छ हजार २६५ नगदसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । दुवै ठाउँमा जुवा खेलिरहेको सूचनाको आधारमा छापामारी पक्राउ गरिएको उनले बताए । 

पक्राउ परेका निजहरूउपर मुलुकी अपराध (संहिता) ७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुविरुद्ध मुद्दा दर्ता गरिने रेग्मीले बताए । दशैँयता जुवातास खेल्ने ४३ जना विरुद्ध मुद्धा दर्ता गरिसकिएको उनले बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा