बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

एनएफपिजेको देउसी भैलो

राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे) केन्द्रद्धारा संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारको घरमा सामूहिक देउसी भैलो खेल्दै । तस्वीर : प्रदीपराज वन्त, रासस ।

काठमाडौं, २१ कात्तिक । तिहारको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । 

संस्थामार्फत् देशैभरिका फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज नयाँ बानेश्वरस्थित एनएफपिजेका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकार निवासबाट देउसी भैलो कार्यक्रम सुरु भएको हो । 

भैलोमा संस्थाका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य, धादिङ शाखाका अध्यक्ष नारायण सिल्वाल, केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का र महासचिव प्रदीजराज वन्तलगायतका फोटो पत्रकार सहभागी थिए । 

भैलोमा लोक तथा दोहोरी गायक दिनेश थापालगातयका कलाकारले आफ्नो प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा सल्लाहकार शाक्यले देशैभरिका सम्पूर्ण फोटो पत्रकारको क्षमता अभिवृद्धि र अधिकारका लागि एक जुट हुनुपर्नेमा जोड दिए । 

धादिङ शाखाका अध्यक्ष सिल्वालले केन्द्रका भन्दा पनि मोफसलका फोटो पत्रकारको क्षमता वृद्धिमा जोड दिनुपर्छ भने । केन्द्रीय अध्यक्ष चित्रकारले एनएफपिजेमा आबद्ध हुन सम्पूर्ण फोटो पत्रकारलाई आग्रह गरे । देउसीबाट रु ३५ हजार सङ्कलन भएको बताइएको छ । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा