बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

पोखराको पोल्टामा पहिलो पीपीएल उपाधि, चितवन निराश

कास्की, २० कात्तिक । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको शनसनीपूर्ण फाइनल खेलमा पोखरा पल्टनले चितवन राइनोज्लाई ३ वीकेटले पराजित गर्दै पहिलो शंस्करणको विजेता बनेको छ । 

टस जितेर चितवनलाई फिल्डिङको निम्तो दिएकाे पोखराले पाएकाे १६१ रनकाे  जित लक्ष्य १९.२ ओभरमा ७ विकेटको क्षतीमा पुरा गरी पहिलो शंस्करणको विजेता बनेको हाे ।

चितवनले निर्धारित २० ओभरमा ५ वीकेट गुमाउँदै चितवनले १६१ रनको जित लक्ष्य दिएको थियाे ।

पोखराका लागि रवि इन्दर सिंह विस्फोटक ब्याटिङ गर्दै ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरेर ९० रन बनाउन सफल भए । त्यस्तै, मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । पोखराका कप्तान शरद भेषावकरले २२ रन बनाए । आशिफ शेख १२ रन बनाउन सफल भए ।

बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिन सफल भए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान १ र १ विकेट लिन सफल भए ।

यसअघि चितवनकातपर्फबाट  कप्तान पारस खड्काले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाएर अर्धशतक रच्न सफल भए ।सन्नी पटेलले ४३ रन जोड्न सफल भए भने आरिफ शेख १४ रनमा अविजित रहे । त्यस्तै, ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भए । 

लिग चरणमा दुवै टोलीले समान ३ जित र २ हारका साथ ६ अंक जोडे पनि चितवन रनरेटका आधारमा दोस्रो स्थानमा सिमित भएको थियो । दुई टोलीबीच लिग चरणमा भएको खेलमा पोखराले चितवनलाई ५ विकेटले हराएको थियो ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको विजेताले २७ लाख रुपैया जित्नेछ । घरेलु क्रिकेटमा यो राशी सर्वाधिक हो । 

उपविजेताले १० लाख हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाईकल प्रदान गरिनेछ । 

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको प्रत्यक्ष्य प्रशारण हिमालयन टेलिभिजनले गरेको हो ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा