बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

तिहारलगत्तै संवैधानिक इजलास गठन हुन्छ : प्रधानन्यायाधीश मिश्र

न्यायपालिका जोगाउन युवा कानुन व्यवसायीहरुको महत्वपूर्ण भूमिका ।

काठमाडौं, १९ कात्तिक । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले तीन महिनादेखि नेतृत्वविहीन भएको संवैधानिक इजलास तिहारलगत्तै गठन हुने बताएका छन् ।

सोसल इन्जिनियरिङ्ग स्कुल नेपालको बधाई तथा सम्मानपत्र ग्रहण गर्दै प्रधानन्यायाधीश मिश्रले तिहारलगत्तै संवैधानिक इजलास गठन हुने बताएका हुन् । 

न्यायपालिका जोगाउन युवा कानुन व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सबै मिलेर न्यायपालिकाको छबि स्वच्छ र निष्पक्ष बनाउनुपर्ने प्रधानन्यायाधीश मिश्रको भनाइ थियो ।

युवा कानुन व्यवसायीको छाता संगठन सोसल इन्जिनियरिङ्ग स्कुल नेपालका अध्यक्ष आरसी गौतम नेतृत्वको टोली सर्वाेच्च अदालत पुगेर आज प्रधानन्यायाधीश मिश्रलाई बधाई तथा सम्मानपत्र प्रदान गरेको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा