बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

पत्रकार खड्काको भ्रष्टाचार अनुसन्धानमूलक पुस्तक प्रकाशित

लेखकले नेपालमा पहिलोपटक सन् १८५४ को मुलुकी ऐनदेखि हालसम्म भ्रष्टाचार रोक्न भए गरेका कानूनी तथा संस्थागत प्रयासका बारेमा विश्लेषण गरिएको छ । 
सांकेतिक फाइल फोटो / वेब

काठमाडौं, १४ कात्तिक । भ्रष्टाचार विरोधी अभियानमा संलग्न पत्रकार केदार खड्काकोे ‘नेपालः करप्सन कोनुन्ड्रम’ (नेपालः भ्रष्टाचारको समस्या) अनुसन्धानमूलक पुस्तक प्रकाशित भएको छ । 

नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता मात्रै नभई भ्रष्टाचारविरुद्धका कानूनी तथा संस्थागत संरचनामा नै कमजोरी रहेको उजागर गरिएको उक्त पुस्तक यूरेका प्रकाशनले बजारमा ल्याएको हो । 

लेखकले नेपालमा पहिलोपटक सन् १८५४ को मुलुकी ऐनदेखि हालसम्म भ्रष्टाचार रोक्न भए गरेका कानूनी तथा संस्थागत प्रयासका बारेमा विश्लेषण गरिएको छ । 

नेपालमा १९ वटा भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने संस्था, तिनको प्रभावकारिता तथा त्यस्ता संस्थाको अन्यौलतापूर्ण भूमिकालाई केलाउँदै राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय अभ्याससँग दाँजेर लेखकले लेखेका छन् । 

पुस्तकमा भ्रष्टाचारविरुद्ध समस्या केलाइ नीतिगत तथा संस्थागत सुधारका लागि सुझावसमेत दिइएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा