बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

फोहोर दिएर बस टिकट लिन पाइने नौलो काइदा

यात्रीले आफ्नो घरबाट १० वटा प्लास्टिकका कप वा पाँचवटा बोतल दिएर दुई घण्टासम्मको बस यात्राका लागि टिकट लिन पाउँछन् ।

वीवीसी, १० कात्तिक । इन्डोनेसियाको सुराबाया शहरमा प्रयोगकर्ताले प्रयोग गरिएका प्लास्टिकका सामान दिएर बसका टिकट लिन पायने व्यवस्था लागु गरेको छ ।

यात्रीले आफ्नो घरबाट १० वटा प्लास्टिकका कप वा पाँचवटा बोतल दिएर दुई घण्टासम्मको बस यात्राका लागि टिकट लिन पाउँछन् ।

उक्त बस चढ्न फोहर बोकेर आएकी एकजना स्थानीय सुलास्त्री भान्छिन् , ‘घरमा थुप्रिन नपाउने गरी हामी फोहरमैला घटाउन सक्छौँ । किनकी हामी यहाँ ल्याएर दिन्छौँ । फोहरको सदुपयोग हुन पाउँछ । यो दुबै पक्षका लागि फाइदाको कुरा हो ।’

बीबीसीका अनुसार त्यसरी यात्रीबाट संकलित फोहर पून प्रयोगका लागि बिक्रि गरीन्छ । र, उत्त, रकमबाट बस सन्चालनका लागि खर्च गरीन्छ । एउटा बसले एक दिनमा २५० किलोग्राम वा एक महिनामा साढे सात टन बोतल सङ्कलन गर्न सक्छ ।

समुद्रमा प्लास्टिकजन्य फोहर फाल्ने देशमा चीनपछि इन्डोनेसिया दोस्रो स्थानमा पर्छ ।

भिडिओ

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा