बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

बारामा दुई छोराको हत्यापछि बुबाले गरे आत्महत्या !

मानसिक तनावका कारण रामले यस्तो गरेको हुनसक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई ।
सांकेतिक फाइल फोटो : एजेन्सी

कलैया, ४ कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

रामले आफ्ना पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

तीनैजनाको शव परीक्षणका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष हमालले बताए । मानसिक तनावका कारण रामले यस्तो गरेको हुनसक्ने प्ररम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा