बुधबार, २८ कार्तिक, २०७५ Wednesday, 14 November, 2018

एसपी विष्ट र निरीक्षक भट्टलाई निष्काशनको सिफारिस, आजै निर्णय हुनसक्ने

गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए ।

काठमाडौं, ४ कात्तिक । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए । 

प्रहरी नायब निरीक्षक एवम् प्रवक्ता क्षेत्रीले गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा