सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

अस्पतालले पत्रकारलाई ५० प्रतिशत छुट

उपचारमा मुक्तकमैया, लोपोन्मुख जातजाति, भूमिहीन, सुकुम्बासी, एकल महिला तथा ज्येष्ठ नागरिकलाई समेत ५० प्रतिशत छुट गराउने
फाइल फोटो / वेब

बाँके, २५ असोज । कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । 
अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए ।

दश श्ययाबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधासमेत बढाउँदै लैजाने योजनामा आफूहरु रहेको प्रमुख शाहीले बताए । 
न्यूरोडमा स्थापना गरिएको अस्पतालमा दाँतसम्बन्धी सम्पूर्ण रोगको विशेषज्ञ सेवा उपलब्ध गराइनेछ ।

उपचारमा मुक्तकमैया, लोपोन्मुख जातजाति, भूमिहीन, सुकुम्बासी, एकल महिला तथा ज्येष्ठ नागरिकलाई समेत ५० प्रतिशत छुट गराउने बताइएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा