सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

जनमुखी प्रशासनको आवश्यकता

सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताएका छन् । 
फाइल फोटो / वेब

दाङ, २५ असोज । सभामुख कृष्णबहादुर महराले सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको बताएका छन् । 

प्रहरी दिवसको अवसरमा आज प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्ने आवश्यकता औल्याए । उनले नेपाल प्रहरीले जनताका यावत समस्यालाई एकिकृत गरी जनभावना अनुरुप काम गर्नुपर्नेमा जोड दिँदै प्रहरीलाई निर्भिक र निडर भएर काम गर्न आग्रह गरे । 

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अमर प्रहरीको परिवारलाई प्रदेश सरकारले प्याकेजमा सहयोग गर्ने बताएका थिए । द्धन्द्धमा मारिएका परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि प्रदेश सरकारले नीति ल्याउने बताए ।
सो अवसरमा अमर प्रहरी परिवारका तर्फबाट निर्मला थापाले अमर प्रहरीलाई शहीद घोषणा गर्न माग गरे सरकारकै काममा खटिँदा सहादत प्राप्त गरेकालाई सरकारले शहीद घोषणा नगर्दा पीडित परिवारलाई थप पीडा थपिएको उनको भनाइ थियो । सो अवसरमा ५ नम्बर प्रदेशभित्र रहेका विभिन्न जिल्लाका उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा अमर प्रहरी परिवारलाई सभामुख महराले सम्मान गरेका थिए ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा