मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

आन्दोलनमा उत्रिएपछि विद्युत् उपभोक्ता मर्कामा

नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएपछि उपभोक्ता मर्कामा परेका छन् ।
सांकेतिक फाइल फोटो / वेब

राजविराज, २५ असोज । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएपछि उपभोक्ता मर्कामा परेका छन् । मिटर रिडिङ गर्ने कर्मचारी आन्दोलित हुँदा विद्युत्को मासिक शुल्क बुझाउने उपभोक्तालाई कठिनाइ भएको छ । 

समयमा विद्युत् महसुल नतिर्दा राजश्व असुल गर्न समस्या भइरहेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । “अहिले उपभोक्ता आफैँ मिटरको अङ्क टिपेर विद्युत् प्राधिकरणलाई बुझाउन बाध्य छन्,” उनले भने । न्यून ज्यालादारीमा काम गर्दै आएका कर्मचारीको व्यवस्थापन नगरिएको र सेवा सुविधाबाट समेत वञ्चित गरिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

मिटर रिडिङ गर्दै आउनुभएका दुर्गानन्द यादव सप्तरीका मिटर रिडरले १६ वर्षदेखि निरन्तर काम गर्दैआएपनि व्यवस्थापन नगरिएको बताउछन् । वितरण केन्द्रका प्रमुख साह चाँडै उनीहरुको समस्या समाधान गरिने बताएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा