सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

हरियाली र फलफूलमा आत्मनिर्भर बनाउने अभियान

कपिलवस्तुको यशोधरा गाउँपालिका–३ ले हरियाली र फलफूल उत्पादनमा आत्मनिर्भर बनाउन विभिन्न जातका फलफूलका बिरुवा निःशुल्करुपमा वितरणको अभियान शुरु गरेको छ । 
सांकेतिक फाइल फोटो / वेब

काठमाडौं, २५ असोज । कपिलवस्तुको यशोधरा गाउँपालिका–३ ले हरियाली र फलफूल उत्पादनमा आत्मनिर्भर बनाउन विभिन्न जातका फलफूलका बिरुवा निःशुल्करुपमा वितरणको अभियान शुरु गरेको छ । 

उक्त अभियानअन्तर्गत वडाले ६०० घरधुरीलाई आँप र एक लिचीको बिरुवा वितरण गरिएको वडाध्यक्ष सरिता त्रिपाठीले जानकारी दिए । 

आगामी दशैँका अवसरमा प्रत्येक घरधुरीलाई अमला र अम्बाको बिरुवा पनि उपलब्ध गराउन लागिएको उनले जानकारी दिए । वातावरणलाई स्वच्छ तुल्याउँदै शहर र बस्तीलाई सुन्दर र हराभरा निर्माणमा यस्ता अभियान महत्वपूर्ण हुने बताइएको छ ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा