मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

तीर्थ गएका विनोद बेपत्ता

तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् । 
सांकेतिक फाइल फोटो / वेब

कावासोती, २५ असोज । तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् । 

असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उनका दाजु शिव महतोले जानकारी दिए । उनी १७ गते तीर्थका लागि भारत गएका थिए । नेपालबाट तीर्थका लागि गएको टोली बुधबार घर फर्किएको तर भाइ भने बेपत्ता भएको उनले बताए । गाउँका करीब ५० जनाको समूह तीर्थका लागि गएका थिए । 
विनोद अन्य साथीसँगै रहेकामा भारतको गयामा खाना खाने क्रममा छुटिएका थिए । त्यसपछि सँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताएका थिए ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा