मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

सर्वत्र भत्र्सनापछि बुल्गेरियाली पत्रकारको हत्या आशंकामा एक जना पक्राउ

तीस वर्षीया मारिनोभाको मृत शरीर उत्तरी बुल्गेरियाको रुज सहरको नदी किनाराको बाटोमा फालिएको अवस्थामा भेटिएको थियो ।
फाइल फोटो : मिडिया फ्याक्स्

सोफिया, २५ असोज । जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् । 

तर मारिनोभाको हत्या हुनुमा पत्रकारिता पेशा नभई व्यक्तिगत कारण रहेको बताइएको छ । 

तीस वर्षीया मारिनोभाको मृत शरीर उत्तरी बुल्गेरियाको रुज सहरको नदी किनाराको बाटोमा फालिएको अवस्थामा भेटिएको थियो । उनी रुजस्थित सानो निजी टीभीएन टेलिभिजन च्यानलका लागि समसामयिक कार्यक्रम सञ्चालन गर्थिन् । 

अधिकारीहरुले मारिनोभाको टाउकोमा गहिरो चोट लागेको र निस्सासिएर मृत्यु भएको बताएका छन् । बुल्गेरियाली अधिकारीहरुको अनुरोधमा जर्मन प्रहरीले शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको बुल्गेरियाका गृहमन्त्री म्लादेन मारिनोभले पत्रकारहरुलाई बताए । 

जर्मन प्रहरीले पनि बलात्कार, लुटपाट र हत्याको आशंकामा जर्मनीको ह्यामबर्ग नजिक स्टाड नगरबाट २० वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको पुष्टी गरेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा