सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

जुम्लामा दश गाउँ छाउगोठमुक्त

महिलाको सुरक्षालगायत विषयमा विशेष सहयोग गर्ने श्रीमान् तथा परिवारलाई स्थानीय तहले सम्मानका कार्यक्रम ल्याउने
प्रतिनिधिमुलक फाइल फोटो / वेब

जुम्ला, २४ असोज । यहाँका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ र टोल छाउगोठमुक्त गरिएका छन् । 

तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँका रुपमा छाउगोठमुक्त घोषणा गरिएको हो । सो गाउँपालिकाका श्रीनगर, हियाखोला र जैतपुरका बस्ती छुईगोठमुक्त घोषणा भइसकेका छन् ।

तिला गाउँपालिकाका ढिमकोट, जोगीवाडा र रावतवाडा तथा पातारासी गाउँपालिका–५ वडा माथिल्होर्प र तलिल्होर्प गाउँ पहिला नै छाउगोठमुक्त घोषणा भइसकेका छन् ।

तातोपानी गाउँपालिका उपाध्यक्ष गङ्गादेवी उपाध्याका अनुसार अहिले महिलामा केही सचेतनाको विकास भएको छ । महिलाको सुरक्षालगायत विषयमा विशेष सहयोग गर्ने श्रीमान् तथा परिवारलाई स्थानीय तहले सम्मानका कार्यक्रम ल्याउने तातोपानी–५ का वडाध्यक्ष हरिबहादुर डाँगीले बताए । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा