मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

यू–१८ महिला फुटबल टोली स्वदेश फिर्ता

साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । 
फाइल फोटो /वेब

काठमाडौं, २४ असोज । साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । 

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले स्वागत गरे । भुटानमा सम्पन्न सो प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यही असोज २१ गते सम्पन्न फाइनलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो । 

सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गरी फाइनलमा स्थान बनाएको थियो । उपविजेता बनेको यु–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई एन्फाले जनही रु ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा