सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

दाङमा दुई विमानस्थल सञ्चालनमा आउछ : सभामुख महरा

“दुवै विमानस्थल सञ्चालनमा आउँछन्”,
फाइल फोटो /वेब

लमही, २२ असोज । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताएका छन् । 

आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताए । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उनले भने । 

उनले तुलसीपुर विमानस्थलमा केही समयमै अस्थायी हवाई इन्धन डिपो सञ्चालनमा ल्याइने बताए । यसले विमानस्थल नियमित बनाउन थप मद्दत पुग्नुका साथै भाडामा पनि हेरफेर हुनसक्ने उनको भनाइ थियो । स्थायी इन्धन डिपो स्थापना गर्न आफूले पहल थालिरहेको भन्दै महराले स्थायी भएमा अनियमित हुने समस्याको अन्त्य हुने बताए ।

केही निजी एयरलाइन्सले दाङमा पाइलटको तालीम शुरु गर्ने भनी सरकारसँग प्रस्ताव गरेकाले त्यो पारित भएमा हवाईसेवा नियमित सञ्चालन गर्न सकिने उनले बताए । आजदेखि दाङको टरिगाउँ विमानस्थलबाट नियमित हवाईसेवा सञ्चालन हुनेछ । प्रत्येक हप्ताको सोमबार र शुक्रबार हवाईसेवा सञ्चालनमा आउने छ । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा