सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

गायक शाहनीले पीडा पोखे–‘यति टाढा जाने मन छ...’ (भिडियो)

उक्त भिडियोको छायाङ्कन संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा गरिएको हो ।

काठमाडौं, १७ असोज । आर्थिक अभावले एउटा मानिसको जीवनमा आउने सङ्घर्ष, दुःख तथा पीडालाई समेटेर तयार पारिएको ‘यति टाढा जाने मन छ...’ म्युजिक भिडियो बजारमा आएको छ । 

गायक देव शाहनीको शब्द, स्वर र सङ्गीत रहेको उक्त भिडियोको छायाङ्कन संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा गरिएको हो ।

कलाकारद्वय विनोद केसी र सुनिता धितालले अभिनय गरेकोे भिडियोमा इमान्दारिपूर्वक गरिने कार्य तथा परिश्रमले सफलता कायम गर्न सकिने सन्देश दिएको छ । 

ह्वाइट नेपाल प्रोडक्सनले बजारमा ल्याएको भिडियोकाबारे नायक नवल खड्काले कलाकारले अब देशको सीमा सुरक्षा, सामाजिक रुपान्तरणलगायतका विषयमा सिर्जना गर्नुपर्नेमा जोड दिए । 

उनले मुलुकको सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकले भोग्नुपरेको समस्यालाई सरकारले कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै सीमा तनावका विषयलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागेको जानकारी दिए । 

कलाकार सत्यकला राई, नन्दा बस्याललगायतले समाजका विकृतिलाई न्यूनीकरण गरी सकारात्मक परिवर्तनका लागि कला सशक्त माध्यम भएको विचार व्यक्त गरे ।

भिडियो हेर्नुस् 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा