नबोल्ने मायालाई फकाउँदै गायक संजिव (भिडियोसहित)
डा.गरिमा श्रेष्ठसँग स्क्रिन रोमान्स गरेको उक्त गीतमा पुडासैनी कै शब्द, संगीत तथा स्वर रहेको छ ।

काठमाडौं, १४ असोज । गायक संजिव पुडासैनीले चर्चित वेभ सिरिज ‘ट्वान्टी फस्र्ट लब’मा समाबेश गीत ‘किन तिमी आज...’को भिडियो सार्वजनिक गरेका छन् ।
यसअघि लिरिकल भिडियोमात्र सार्वजनिक भएको उक्त गीतको अफिसियल भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
डा.गरिमा श्रेष्ठसँग स्क्रिन रोमान्स गरेको उक्त गीतमा पुडासैनी कै शब्द, संगीत तथा स्वर रहेको छ ।
संयोजन शैलेन्द्र प्रधान संगीतमा तयार गरिएको गीतलाई मिलन शंकरले छायांकन गरेका छन् भने शिलन लम्सालको सम्पादन गरेका छन् ।
भिडियो हेर्नुस्