मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

प्रदेश न ७ को नाम 'सुदूरपश्चिम', राजधानी 'गोदावरी' राख्न समितिको सिफारिस

संसदीय समितिले मंगलबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेश गरेको छ ।
फाइल फोटो

धनगढी, ९ असोज । प्रदेश ७ को नामाकरण र राजधानी तोक्न गठित संसदीय समितिले संसद् बैठकसमक्ष प्रतिवेदन बुझाएको छ । 

गत साउन १४ गते सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेश गरेको छ ।

प्रतिवेदन पेश गरेसँगै प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा उठेको विवाद टुङ्गोमा पुगेको छ । समितिले पाँच विकास क्षेत्रको संरचना अनुसारकै सुदूरपश्चिमलाई नै प्रदेशको नाम राख्नुपर्ने सिफारिस गरेको हो ।

यसअघि प्रदेश न ७ को नाम खप्तड, महाकाली, दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने बहस चर्केको थियो भने राजधानी डोटीको दिपायल राख्नुपर्ने मागसहित आन्दोलनसमेत भएको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा