सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

भोजपुरका कृषक अलैँची खेतीमा रम्दै

“ पछुताएकाहरू भन्छन् हेर, त्यस बेलामा तिमीलाई बौलाएको भनियो तर तिम्रोजस्तो बेलामै बुद्धि पुर्‍याएको भए हाम्रो पनि आयस्तर वृद्धि हुने रैछ” । 
फाइल फोटो /वेब

–युवराज विष्ट । रासस

भोजपुर, ९ असोज । भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् ।

भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्छन् । एकसय रोपनी जमिनमा अलैंँची खेती गर्दै आएका उनले वार्षिक रू एकलाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । 

कृषक पाण्डे भन्छन्, “पहिलो पटक मैले अलैँंची चाखेको बेला मलाई त्यो फल निकै मीठो लागेकाले त्यै खेतीमा लाग्ने रहर जाग्यो । राम्रो मूल्यमा बिक्री हुने र स्वास्थ्यको लागि पनि राम्रो मसाला भएकाले यै खेतीमा लागेको हुँ ।’’ जब उनले अलैँचीबाट राम्रो आम्दानी गर्न थाले त्यसपछि अन्य धानखेत समेत भाडामा लिएर अलैँंचीलाई व्यावसायिक रूप दिए । 

आफ्नो परिवारलाई धानखेती गर्दा शुरुमा खानलाई छाक टार्न समस्या हुन्थ्यो तर अलैँंची खेती विस्तार गरेपछि परिवारलाई धान्न सहज भएको जानकारी दिँदै कृषक पाण्डे भन्छन्‘ “अलैँंची खेतीको शुरुको समयमा त के गरे के गरिन भन्ने नै छैन तर अहिले यो खेतीबाट परिवारलाई दुईचार पैसाको दुःख छैन । पहिला धानखेती गर्दा खान पुग्दैन थियो । अलैँंचीले मेरो जीवनस्तर उकासेकाले हाल म एक सफल कृषकमा गनिन्छु । ” 

शुरुमा अलैँची खेती गर्दा आमाले धान खेती मासेको देख्दा तेरा छोराछोरीलाई घाँस दिएर पाल्नु । भएको धानखेती सबै जङ्गल बनाइहालिस् भन्नुभएको थियो । छरछिमेकले पनि सबै धान फल्ने खेत मासेको देख्दा बौलाएको भन्थे तर त्यो बेलामा बौलाहा भन्नेहरू अहिले पछुताएका छन् । उनी बताउछन्, “ पछुताएकाहरू भन्छन् हेर, त्यस बेलामा तिमीलाई बौलाएको भनियो तर तिम्रोजस्तो बेलामै बुद्धि पुर्‍याएको भए हाम्रो पनि आयस्तर वृद्धि हुने रैछ” । 

अलैंँचीको आम्दानीले एउटा छोरालाई इञ्जिनीयर पढाउन सफल भएका कृषक पाण्डेले अर्को एउटालाई भारतीय सेनामा र तेस्रोलाई नेपाली सेनामा जागिर खुवाउन सफल भएको छ । उनले वार्षिक रुपमा १८ देखि २० लाख आम्दानी गर्दै आएको छ । पछिल्लो समय अलैंँचीको मूल्यमा गिरावट आउँदा भने आम्दानीमा केही कमी आएको उनको भनाइ छ । 

परम्परागत खेतीलाई परिमार्जन गर्दै लैगेका कृषक पाण्डे पनि पछिल्लो समयमा बिरुवा मर्ने समस्या हुनाका साथै फलेको अलैँंची सुकाउने आधुनिक अलैँंची भट्टी नहुँदा पनि सोचे जस्तो मूल्य पाउन नसकेको गुनासो गर्छन् । 

पछिल्लो समयमा जलवायु परिवर्तन, विभिन्न प्रविधिको कमीका कारण यसतर्फ लागेका कृषक निराश बनेको कृषक उनी बताउछन् । 


ट्याम्केमैयुङ गाउँपालिका –५ कृषक खगेन्द्र विष्ट पनि अलैँंची खेतीमा लागेका धेरै समय भैसकेको छ । उनले यसको खेतीबाट वार्षिक रू पाँच÷सात लाखसम्म आम्दानी गर्दै आएको बताउछन् । आफूले पाँच जनाको परिवारलाई राम्रो शिक्षा दिक्षासँगै आम्दानी पनि राम्रो भइरहेको उनी जानकारी दिन्छन् । विष्ट जस्तै दर्जनैं कृषक अलैंँचीको खेतीमा सक्रिय छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा