मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

#मनागरिकसमाज भिडियो प्रतियोगितामा दार्चुलाको भिडियो प्रथम

‘सधैँ नकारात्मक समाचार सामाग्री खोज्न भन्दा समाजका सकारात्मक एवं श्रृजनात्मक बिषयबस्तु उजागर गर्न सके त्यसले समाजमा सकारात्मक सोच पैदा गर्छ ।’

काठमाडौं, ८ असोज । ‘इन्टरफेस, नेपाल -अधिकारका लागि सञ्चार’ ले आयोजना गरेको ‘#मनागरिकसमाज भिडियो प्रतियोगिता २०७५’मा रामदत्त मिश्रको ‘दार्चुला तुइन’ भिडियोले प्रथम पुरस्कार हात पारेको छ ।

नागरिक समाजको योगदानलाई प्रत्साहन गर्ने तथा थप प्रभावकारी उद्देश्यले सोमबार आयोजना गरेको प्रतियोगितामा बालकृष्ण अधिकारीको ‘बालविवाह’ द्धितिय र सुन्दर शिल्पकारको ‘सुभद्रा फाउण्डेसन’ शिर्षकको भिडियो तृतीय भएको छ ।

विजेतालाई प्रमाणपत्र र ट्रफिसँगै क्रमशः ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको छ ।

त्यसैगरी, ‘स्पेशल मेन्सन’मा अस्मिता रिजालले उत्पादन गरेको ‘सेतु बन्दै चित्रकला’ शिर्षकको भिडियो पर्न सफल भएको छ ।
प्रतियोगितामा देशको पूर्वदेखि सुदुरपश्चिम दार्चुलासम्मका ३४ भिडियोहरु सहभागि गराइएको प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद ढुङ्गेलले बताए । विनोद ढुङ्गेल, बन्दना राणा, डा. र राजेश अहिराजको निर्णायक टोलिले ३४ भिडियोमध्ये १५ वटा भिडियोलाई प्रतियोगीतामा स्थान दिइएको थियो ।  

नागरिक समाजको तहबाट (व्यक्तिगत, समुदाय वा संस्थागत) योगदानको कदर गर्दै र आगामी दिनहरुमा समेत प्रोत्साहन मिलोस भन्ने उद्देश्यका साथ नागरिक समाज र नागरिक समाजले परिवर्तनका लागि गरेका सकारात्मक कामहरु समेटेर बनाइएका भिडियो रिपोर्ट, डकुमेन्ट्री र फिल्म विधाका ३ मीनेटसम्मका भिडियो प्रतियोगितामा सहभागी गराइएको थियो ।

नेपालमा लोकतन्त्रको अभ्यासमा गर्दैगर्दा नागरिक समाजको उपस्थितीका बिषयमा जानकारी प्रदान गर्न प्रतियोगिता आह्वान गरिएको आयोजकले जनाएको छ । 

आयोजक संस्थाका संस्थापक निर्देशक तथा पत्रकार दिलभूषण पाठकले प्रतियोगिताले टेलिभिजनमा काम गर्ने पत्रकार, स्वतन्त्र फिल्म निर्मार्ता र अन्य श्रव्यदृष्य उत्पादनमा इच्छा राख्ने व्यक्तिहरुलाई नागरिक समाजका बारेमा बुझ्न प्रोत्साहित गर्ने बताए । उनले भने, ‘सधैँ नकारात्मक समाचार सामाग्री खोज्न भन्दा समाजका सकारात्मक एवं श्रृजनात्मक बिषयबस्तु उजागर गर्न सके त्यसले समाजमा सकारात्मक सोच पैदा गर्छ ।’

कार्यक्रमको आयोजक तथा आम संचारका विभिन्न माध्यमहरु प्रयोग गरेर समाजमा सचेतना फैलाउँदै आएको इन्टरफेस नेपाल – अधिकारका लागि संचार १५ बर्ष पुरा गरी १६ औँ बर्षमा प्रवेश गरेको जानकारी पदएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा