मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

गाउँपालिका अध्यक्षको अनियमिततासम्वन्धि समाचार बदनियतपुर्बक: प्रवक्ता

केही दिनअघि एक राष्ट्रिय दैनिकमा ‘गाउँपालिकाका अध्यक्ष अनियमितता विवादमा शिर्षकमा समाचार छापेको थियो ।

काठमाडौं, ४ असोज । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा चरम आर्थिक अनिमियता र अख्तियारको दुरुपयोसम्बन्धि समाचार बदनियतपुर्बक संचारमाध्यम र सामाजिक संजालमा आएको  भन्दै गाउँपालिकाले त्यसको प्रेस वक्तव्यमार्फत खण्डन गरेको छ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष निमराज तामाङले विहिबार (आज) एक प्रेस वक्तव्यमार्फत सामाजिक सञ्जाल र सन्चार माध्यमहरुमा  प्रकाशित/प्रसारित समाचारहरु आधारहिन र कपोकल्पित रहेको तथा विकास विरोधी तत्वबाट बदनियतपूर्ण तरिकाबाट गरिएको प्रचारबाजी भएको उल्लेख गरेका छन्  ।

‘हुँदै नभएको तथ्यहिन विषयलाई जबरजस्ती बंग्याएर दिनरात जनसेवामा क्रियाशिल जनप्रतिनिधि र कर्मचारीलाई अनावश्यक रुपमा दुख दिने, जनतालाई भ्रममा पारेर आफ्नो निहित स्वार्थ पूरा गर्न उद्दत, परिवर्तन र विकास विरोधी गिरोह, आधारहिन विषयमा सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने, सत्यतथ्य खोजी विना समाचार लेख्नेसमेतलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायसँग हार्दिक अपिल गर्दछौं’ प्रेस वक्तव्यमा भनिएको छ ।

गाउँपालिका र वडा स्तरमा सञ्चालित सबै योजनाको भुक्तानी वडा कार्यलयको फरफारक सिफारिस, वडा र पालिका स्तरीय योजना अनुगमन तथा सहजीकरण समितिको अनुगमन, प्रविधिको कार्यसम्पन्न प्रतिवेदन, उपभोक्तासमितिबाट पेश भएको विल, भर्पाइलगायत कागजात संलग्न राखि सिधै उपभोक्ता समितिको बैंक खातामार्फत रकम भुक्तान गरिएको छ । त्यस्तै स्वीकृत कार्यक्रमअनुसार मालसामान, सार्वजनिक निर्माण र परामर्श सेवा खरिद गरेको कम्पनी र आपूर्तिकर्तालाई पनि सिधै बैंकमार्फत नै भुक्तान गरिएको छ । त्यसैगरी फर्निचर र फिक्चर तथा प्राविधिक ईन्जिनियरिङ उपकरण खरिदमा कुनै अनियमितता नभएको प्रेस वक्तव्यमा भनिएको छ ।

गाउँ सभाद्धारा विनियोजन भएबमोजिम सबै रकम खर्च भएको भन्दै प्रेस वक्तव्यमा भनिएको छ ‘शिर्षकलगायत अन्य चालुतर्फ छुट्याइएको रकम पुरै खर्चबाट बचत भएको करिब ७० लाख रुपैयाँभन्दा बढि बचत रकम गाउँपालिकाको सञ्चित कोषमा रहेकोसमेत स्पष्ट पार्न चाहान्छौं ।’

केही दिनअघि एक राष्ट्रिय दैनिकमा ‘गाउँपालिकाका अध्यक्ष अनियमितता विवादमा शिर्षकमा समाचार छापेको  थियो । उक्त समाचारमा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले मनोमानी निर्णय गरेकोकाले उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सर्वोच्च अदालतसम्म मुद्धा परेको र अख्तियारले प्रशासन कार्यलयमार्फत अनुसन्धान थालिसकेको उल्लेख गरिएको थियो ।

प्रेस वक्तव्य:

Mpya gaupalika

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा