सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

चार वर्षीया बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको फैसला 

शिक्षक महेन्द्र सिंह गोंडले ती बालिकालाई अपहरण गरी सतना जिल्लाको चेहरा क्षेत्रको पन्ना गाउँको सुनसान ठाउँमा लगेर बलात्कार गरेका थिए ।
फाइल फोटो वेब

एजेन्सी, ४ असोज । भारतको मध्यप्रदेशमा चार वर्षीया बालिकालाई अपहरण गरी बलत्कार गर्ने अस्थायी शिक्षकलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

मध्यप्रदेशको सतना जिल्लाको उचेहरा क्षेत्रको पन्ना गाउँमा चार वर्षीया बालिका अपहरण गरी बलात्कार गर्ने अस्थाई शिक्षक महेन्द्र सिंह गोंडलाई  जिल्ला न्यायलय नागौदले बुधबार मृत्युदण्डको फैसला सुनाएको हो ।

टाइम्स अफ इण्डिया’मा प्रकाशित समाचार अनुसार उक्त घटना घटेको ८१ दिनपछि पहिलो उच्च सत्रमा जिल्ला न्यायलय नागौदका न्यायधीष दिनेश कुमार शर्माले मृत्युदण्डको फैसला सुनाएको हो ।

बलात्कार पीडित बालिकाको ७९ दिनदेखि दिल्लिस्थित एम्स अस्पतालमा उपचार भैरहेको छ । अहिले उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

जिल्ला लोक अभियोजक रामपाल सिंहले अदालतले आइपीसीको धारा–३७६ को ‘क र ख’ तथा पाक्सो अधिनियमको धारा ५ र ६ अनुसार शिक्षकलाई मृत्यदण्डको फैसला सुनाइएको बताएका छन् । उनले उक्त घटना सतना जिल्लाको मुख्यालयदेखि ३० किलोमिटर टाढा रहेको उचेहरा क्षेत्रको पन्ना गाउँमा घटेको बताए । उनका अनुसार महेन्द्रले बालिकालाई अपहरण गरी बलात्कार गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा