सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

संस्कृति झल्काउने ‘सारै राम्रो लोखिम हाम्रो’ गीति भिडियो सार्वजनिक (भिडियोसहित)

उक्त गीति भिडियोमा थुलुङ राई, तामाङ र शेर्पा समुदायको भेषभुषा, बाजागाजा, रितिरिवाज तथा चालचलनलाई कलात्मक ढंगले देखाइएको छ ।

काठमाडौं, ३ असोज । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशि गाउँपालिकाको वडा न.–९ को धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने ‘सारै राम्रो लोखिम हाम्रो...’ गीति भिडियो सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच वडा न. ९ लोखिमको धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने उक्त गीति भिडियोलाई वडाअध्यक्ष भुपाल सिँह राईले सार्वजनिक गरेका हुन् ।

lokhim

डीबि तामाङको शब्दमा गायक कृष्ण राई, आभा मुकारुङ, काशी राई र नीरा राईले संयुक्त स्वर दिएका छन् ।

पबिधन खालिङले संगीत दिएको उक्त गीति भिडियोमा भुपाल सिँह राई, हुपेन्द्र राई, सीता राई र इन्जिरा राईले अभिनय गरेका छन् भने निर्देशन सुमन तामाङले गरेका छन् ।

Bhupal sigh Rai

गाउँले इन्टरटेन्मेन्टले बजारमा ल्याएको उक्त गीति भिडियोमा थुलुङ दुधकोशि गाउँपालिकाको वडा न.–९ मा बसोबास गर्ने थुलुङ राई, तामाङ र शेर्पा समुदायको भेषभुषा, बाजागाजा, रितिरिवाज तथा चालचलनलाई कलात्मक ढंगले देखाइएको छ ।

उक्त गीत सार्वजनिक कार्यक्रममा गीतका सर्जक तथा कलाकारहरुलाई वडाअध्यक्ष राईले सम्मान गरेका थिए । कार्यक्रममा लालीगुराँस युवा क्लबका अध्यक्ष लेखनाथ राई, थुलुङ सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईलगायत व्यक्तिहरु उपस्थित थिए ।

भिडियो हेरौँ

प्राप्त प्रतिकृयाहरू
Thulungrai लेख्नुहुन्छ २०७५ असोज ३ बुधबार ७:२३ pm

Ma Lokhime purkha KO santan ho. Tara mashed ma janmiye hurkiye tyai pani lokhim KO Nam sunne bitikai malai purkha gau KO Maya lagchha.tyasaile to get sunera khusi lagyo. Bhabisyam ma 1 patak lokhim ghimna paiyosssssss.Dhanyabad.

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा