मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

१५ वर्षीया किशोरी र बोल्न नसक्ने महिला ‘बलात्कृत’, तीनजना पक्राउ

बोल्न नसक्ने महिलालाई बारीमा घाँस काट्न जाँदा बलात्कार गरेको अभियोगमा ६० वर्षीय लालबहादुर कार्कीलाई पक्राउ परेका हुन् ।
सांकेतिक फाइल फोटो

काठमाडौं, १ असोज । किशोरी र महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दीबाट २ जना र ओखलढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्ये म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ धारा बस्ने १८ वर्षीय अर्जुन रात्ना र नविन परियार रहेका छन् ।

बेनी नगरपालिका–८ नयाँगाँउ घर भई अन्नपूर्ण गाउँपालिका–६ धारा स्थित दिदीको घरमा जाँदै गरेकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको भनी पीडितका आफन्तले नियन्त्रणमा लिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी शिखधाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै, ओखलढुंगा सिद्धिचरण नगरपालिका–२ निसंखे चुहानछाप बस्ने फरक क्षमता भएकी (बोल्न नसक्ने) ३५ वर्षीया महिलालाई बारीमा घाँस काट्न गएको अवस्थामा बलात्कार गरेको अभियोगमा सोही ठाउँ बस्ने ६० वर्षीय लालबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा