सोमबार, २ पौष, २०७५ Monday, 17 December, 2018

अधिवक्ता गौतमको नेतृत्वमा ‘सोसल इन्जिनियरिङ स्कुल’को नयाँ कार्यसमिति गठन

संस्थालाई विशुद्ध पेसागत कानूनी संस्थाका रूपमा अगाडी बढाई आफ्नो जिम्मेवारी देश काल र परिस्थितिअनुसार रचनात्मक भूमिका निर्वाह गर्नेछु ।– अधिवक्ता गौतम, अध्यक्ष

काठमाडौं, ३१ भदौ । अधिवक्ता आरसी गौतमको नेतृत्वमा कानून व्यवसायीको साझा संस्था सोसल इन्जिनियरिङ स्कुल नेपालको नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन भएको छ ।

काठमाडौंमा गत शनिबार सम्पन्न दोस्रो वार्षिक साधारणसभाले अधिवक्ता गौतमको नेतृत्वमा दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवक्ता गौतम उक्त संस्थामा पुनःअध्यक्षमा सर्वसम्मतिबाट निर्वाचित भएका हुन् । सर्वसम्मतिबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रमोदकुमार थापा, महासचिव कृष्णबहादुर खनाल, सचिव दीपकराज जोसी, कोषाध्यक्ष अञ्जु रेग्मी अर्याल चयन भएका छन् ।

त्यसैगरी, सदस्यमा कपिलदेव ढकाल, कृष्णप्रसाद मरासिनी, भरत लामिछाने, रमण भट्टराई, आकृति खनाल र विदुर पौडेल चयन भएका हुन् । 

नवनियुक्त अध्यक्ष गौतमले संस्थालाई विशुद्ध पेसागत कानूनी संस्थाका रूपमा अगाडी बढाई आफ्नो जिम्मेवारी देश काल र परिस्थितिअनुसार रचनात्मक भूमिका निर्वाह गर्ने बताए । ‘देशभित्र देखिएका विगत र वर्तमान कानुनी जटिलता फुकाउन नेपाल बार काउन्सिल, नेपाल बार एसोसिएसन र महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय तथा सम्पूर्ण पेसागत संघसंस्थासँग सहकार्य संस्थार्ली अगाडी बढाउने छु ’ उनले भने ।

दोस्रो वार्षिक साधारणसभामार्फत संस्थाले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत सर्वसम्मतिले पारित भएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा