मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

खालिङ बाल गीति संग्रह ‘रोख्तोकाम् (इन्द्रेणी) लोकार्पण

एल्बममा ७ वटा गीत समेटिएको छ
संगीतकार शान्तिराम राई, माप्य दुधकोशी (सोलुखुम्बु) गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, र खालिङ संस्थाका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले संयुक्त रुपमा लोकार्पण गर्दै।फोटो: बसन्त खालिङ

काठमाडौं, ३१ भाद्र । खालिङ भाषाको बाल गीति संग्रह ‘रोख्तोकाम्’ (इन्द्रेणी)को लोकार्पण हिजो (शनिवार ) काठमाडौंमा गरिएको छ ।

बाल गीति संग्रहको संगीतकार शान्तिराम राई, माप्य दुधकोशी (सोलुखुम्बु) गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई,  र खालिङ संस्थाका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

एल्बममा ७ वटा गीत समेटिएको छ । गीतको अरेन्ज , संगीत र शब्द संगीतकार पविधन खालिङको रहेको छ ।  स्वर बाल कलाकार प्रियंका, प्रतिक खालिङ र  गायिका यसोदा खालिङ तथा संगीतकार पविधन खालिङको रहेको छ। एउटा गीत भने गजलकार रेजिना खालिङको छ ।

उक्त गीति संग्रह किरात खालिङ राई उत्थान संघ, संयुक्त राज्य अमेरिका शाखाको विशेष पहल तथा अन्य विभिन्न शाखाहरुसँगको सहकार्यमा तयार पारिएको हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा