शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

निर्मला पन्तको हत्यारा केही समयभित्र पत्ता लाग्छ : गृहमन्त्री

पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा । तस्वीर : रत्न श्रेष्ठ, रासस

काठमाडौं, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताएका छन् । 

पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या गरिएको थियो ।

पन्तको कसले बलात्कार गरी हत्या गर्‍यो भन्ने विषयमा सरकारले अपराधी पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली गठन गरे पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । 

आजै गृहमन्त्री थापाले जनआन्दोलनका घाइते, पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुपर्ने कारण, जिल्ला प्रहरी कार्यालय बर्दियामा मृत्यु भएका राममनोहर यादवको मृत्यु र रोल्पा घटनाका विषयमा जानकारी दिए ।

उनले प्राकृतिक प्रकोपका कारण देशका विभिन्न जिल्लामा भएको धनजनको क्षतिको विवरण पनि दिए । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा