शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

कर वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनपछि वार्ता आह्वान

नगरपालिका कार्यालयले विहिबार सार्वजनिक सूचना जारी आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेको हो ।
प्रतिनिधिमुलक फोटो : वेब

लहान, २९ भदौ । कर वृद्धि विरुद्ध सर्वपक्षीय सङ्घर्ष समितिले चरणबद्ध आन्दोलन शुरु गरेपछि सिरहाको मिर्चैया नगरपालिकाले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । 

नगरपालिका कार्यालयले विहिबार सार्वजनिक सूचना जारी आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेको हो । नगरपालिकाको सूचनालाई सकारात्मक रुपमा लिइएको सङ्घर्ष समितिका संयोजक अशोककुमार साहले बताए । 

नगरपालिकाले निर्धारण गरेको असोज १ गते आफूहरु वार्तामा बस्न तयार रहेको उनले बताए । नगरपालिकाले वृद्धि गरेको मालपोत कर, एकीकृत सम्पति कर, घर बहाल करलगायतका दस्तुर फिर्ताको माग गर्दै उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि सम्मिलित सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा