आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

यू–१९ क्रिकेट : नेपालद्वारा भारत ‘ए’सामु १५७ रनको चुनौती

नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने ।

काठमाडौं, २९ भदौ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअर्न्तगत आज भएको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ‘ए’ लाई १५७ रनको चुनौती दिएको छ । 

लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा टस जितेर नेपालले ब्याटिङ गर्दै ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनायो । नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हाने । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाए । बलिङतर्फ भारतका वाईडी मङ्गवानी र अजयदेव गौडले चार/चार विकेट लिए । 

यसअघि, बुधबार पहिलो खेलमा नेपाली टोली भारतको यू–१९ ‘बी’सँग ४० रनले पराजित भएको थियो । प्रतियोगितामा भारतको यू–१९ ‘ए’ र ‘बी’ तथा नेपाल र अफगानिस्तानको यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा