आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

मलेसियामा एक नेपालीको मृत्यु

सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ ।
सांकेतिक फाइल फोटो / वेब

बैतडी,२९ भदौ । सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । 

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए । बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा