आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

निर्मला पन्त, रोहित पुन र राजु बस्नेतको घटनामा सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसद्वारा संसद् अवरुद्ध 

सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने  कांग्रेसको अडान ।
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रतिनिधिसभाको बिहीबार बसेको बैठक अवरुद्ध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसद । तस्वीर : रत्न श्रेष्ठ, रासस

काठमाडौं, २८ भदौ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक नै अवरुद्ध गरेको छ । 

कांग्रेसले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेको हो । 

बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसद दिलेन्द्र बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी पन्तको हत्यारा र नगर अध्यक्ष पुनको हत्यारालाई कानुनको कठघरामा ल्याउन माग गर्दै के कारणले खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाइ पक्राउ गरिएको हो ? जवाफ दिन सरकारसँग माग गरे ।

उनले सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने बताए । यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठेका थिए ।

यसपछि सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान गरेकोे विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले उपर्युक्त समयमा जवाफ दिनेछ, सरकारको जवाफ आउने छ ,सरकारको ती विषयमा जवाफ आउनेमा म विश्वस्त छु भने ।

सभामुख महराले प्रतिपक्षीदलका सांसदहरु आ–आफ्नो आसनबाट उठिरहेकाले बैठक दश मिनेटका लागि स्थगित गरे ।


प्रतिनिधिमुलक फाइल फोटो

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा