आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

एउटै घरका पाँच जना टुहुरा बालबालिकालाई सहयोग

बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् । 
सांकेतिक फाइल फोटो : वेब

बाजुरा, २७ भदौ । बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । 

बेलायतमा बस्दै आएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गरेका हो । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गरेकी छन् । बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु भएको थियो ।

बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् । 

बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजरा गरिरहेका छन् । बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेशप्रसाद पण्डितले रु दुई हजार ५००, जिल्ला समन्वय समितिका सदस्य धनी थापाले रु एक हजार पाँच तथा अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष कमलकुमारी शाहले रु दुई हजार सहयोग गरेकी छन् । सिर्जना बोगटीले तीजको दर खानका लागि छुट्याएको रकमबाट लत्ताकपडा सहयोग गरेकी छन् । रासस
 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा