शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

सञ्चारकर्मीका सम्पादक राई 'जिमी पत्रकारिता पुरस्कार'द्वारा सम्मानित

कार्यक्रमका प्रमुख अथिति नेपालको पत्रकारिता विभागका पहिलो प्रमुख प्राध्यापक लाल देउसा राई र समाजका अध्यक्ष यस बहादुर राईले सम्मान गरेका हुन् ।

काठमाडौं, २४ भदौ । सञ्चारकर्मी डटकमका सम्पादक मदन राईलाई जिमी-राई उत्थान समाज, सोलुले 'जिमी -राई पत्रकारिता पुरस्कार-२०७५' ले  सम्मान गरेको छ ।

शनिवार (हिजो) समाजको २० औं वार्षिकोत्सवको अवसरमा सम्पादक राइलाई नगद छ हजार पाँचसय रुपैँयासहित कार्यक्रमका प्रमुख अथिति नेपालको पत्रकारिता विभागका पहिलो प्रमुख प्राध्यापक लाल देउसा राई र समाजका अध्यक्ष यस बहादुर राईले सम्मान गरेका हुन् ।

कार्यक्रममा उद्यमी विधामा मन कुमार राई "कुल्फिवाला" र खेलकुद विधामा खेलाडीहरु बिनिता राई, ऐश्वर्य राई, र शुष्मा राईलाई समेत सम्मान गरिएको थियो ।

पत्रकारिताको क्षेत्रबाट जिमी सामुदायको शिर उच्च राख्न सफल भएको  र  भोलिको दिनमा पनि राज्यको पत्रकारिता क्षेत्रमा सशक्त भुमिका निर्वाह गर्न प्रोत्साहित  गर्न पुस्कार दिने निर्णय भएको संस्थाको उपाध्यक्ष हरि माया राई (सरिता) ले जानकारी गराइन ।

संस्थाद्वारा प्रदान गरिएको कदरपत्रमा "पत्रकारिताको क्षेत्रबाट जिमी सामुदायको शिर उच्च राख्न सफल हुनु भएको कार्यको कदर गर्दै भोलिको दिनमा पनि राज्यको पत्रकारिताको क्षेत्रमा तपाईको भुमिका महत्वपुर्ण रहनेछ भनी यस जिमी (राई) उत्थान समाज, सोलु २० औं  वार्षिकोत्सवको अवसरमा नगत रु छ हजार पाँच सय सहित यो कदरपत्रद्वारा तपाईलाई सम्मानित गरिएको छ" उल्लेख गरिएको छ । 

पत्रकारिताको पुरस्कार सुर्यबहादुर र असारमाया राई स्मृति पत्रकारिता कोष, खेलकुद पुरस्कार श्री नौ बहादुर स्मृति खेलकुद कोष र उद्यमी पुरस्कार मन लक्की उद्यमी कोषबाट प्रदान गरिएको हो  ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा