शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

जिमी (राई)को २० औं वार्षिकोत्सव सम्पन्न, तीन विधामा पत्रकार, खेलाडी र उद्यमी सम्मानित

" म सम्पूर्ण अक्षयकोष दाता, संस्थाप्रति आस्था र सद्भाव राख्ने व्यक्ति एबम संस्था, र कुशल नेतृत्व गर्ने देश बिदेशमा रहेको शाखाका नेत्रित्वकर्ताहरुलाई धन्यवाद ज्ञापन चाहन्छु"

भाद्र २४, काठमान्डौ । जिमी (राई) उत्थान समाज, सोलुले शनिवार (हिजो) समाजको २० औं वार्षिकोत्सव काठमान्डौमा पत्रकार, उद्यमी र खेलाडीलाई सम्मान गर्दै सम्पन्न गरेको छ।

विभिन्न विधामा योगदान गर्ने पाँच जना व्यक्तिहरुलाई नगदसहित  प्रमुख अथिति नेपालको त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका पहिलो प्रमुख प्राध्यापक लाल देउसा राई र समाजका अध्यक्ष यस बहादुर राईले सम्मान गरेका हुन् । पुरस्कृत हुनेमा संचारकर्मी डटकमका सम्पादक मदन राईलाई "जिमी (राई) पत्रकारिता ",  उद्यमी विधा तर्फबाट मन कुमार राई "कुल्फिवाला" र खेलकुद विधामा कराते खेलाडी विनीता राई, कराते खेलाडी एेश्वर्य राई, शारीरिक सुगठन सुष्मा राईलाई सम्मान गरेको हो ।

kulfiwala

पत्रकारिताको पुरस्कार सुर्यबहादुर र असारमाया राई स्मृति पत्रकारिता कोष, खेलकुद पुरस्कार  श्री नौ बहादुर स्मृति खेलकुद कोष र उद्यमी पुरस्कार मन लक्की उद्यमी कोषबाट प्रदान गरिएको हो  ।

कार्यक्रमका प्रमुख अथिति प्राध्यापक लाल देउसा राईले जिमिले समाजमा गरेको योगदान विशेष भएको र अबको दिनमा यसको बृहत्तर बिकाश र कार्य क्षेत्रको विस्तारको शुभकामना दिए ।

समाजका अध्यक्ष यस बहादुर राईले कार्यक्रमलाई सम्बोधन गर्दै संस्था सदैव नेपाली समाजको उत्थान र बिकाशमा कटिवद्द रहने र भाषा, सस्कृति र पहिचानको पक्षधर भएर सधैं रहने बताए। उनले सम्पूर्ण अक्षयकोष दाता, संस्थाप्रति आस्था र सद्भाव राख्ने व्यक्ति एबम संस्था, र कुशल नेतृत्व गर्ने देश बिदेशमा रहेको शाखाका नेत्रित्वकर्ताहरुलाई धन्यवाद ज्ञापन गरे ।

yasbahadur rai

प्रमुख अथिति राईले फरक प्रशंगमा " हामी सबैले आफ्नो छोराछोरीलाई नेपालमा नै आफ्नो क्षमता र दक्क्षता अनुसारको काम गर्न प्रेरित गर्नुपर्छ अनि मात्र यो देश समृद्द र विकशित हुन्छ" । उनले "हामी यस्तो देशमा छौ जहाँ विश्वको अग्लो शिखर सगरमाथा, विश्वले चिन्ने बुद्ध र संसारमा भएका हिन्दुहरुले श्रद्धा गर्ने पशुपतिनाथ पनि छ र यस्तो गौरवशाली सम्पदाहरुको पहिचान गरेर सहि व्यवस्थापन गर्न सकेको खण्डमा मात्र देश बिकाश सम्भब छ" थपे ।

अध्यक्ष राईले " संस्थाको २० औं वार्षिकोत्सवसम्म साथ र सहयोग गर्नु हुने सम्पूर्णप्रति हार्दिक नमन ब्यक्त गर्न चाहन्छु  र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्छु र हामी समय परिस्थिति र घटनाहरुरुको सुक्ष्म  अध्यन र मनन गरेर अगाडी बढ्छौ  "। उनले " म सम्पूर्ण अक्षयकोष दाता, संस्थाप्रति आस्था र सद्भाव राख्ने व्यक्ति एबम संस्था, र कुशल नेतृत्व गर्ने देश बिदेशमा रहेको शाखाका नेत्रित्वकर्ताहरुलाई धन्यवाद ज्ञापन चाहन्छु" भने।

madanrai.com

कार्यक्रममा संस्थाका उपाध्यक्ष जसिहाङ राईले संस्थाको सांगठानिक अवस्थाको बारेमा जानकारी गराएका थिए भने कोषाध्यक्ष बखत बहादुर राईले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए । 

अथितिहरु मुन्दुमज्ञाता टंक बहादुर राई, युवा नेता सुर्य कुलुङ्ग, खालिङ्ग उत्थान संघका अध्यक्ष अर्जुन खालिङले संस्थालाई कार्यक्रममा बोल्दै अझै आगामी दिनहरुमा थप प्रगतिको  शुभकामना दिए । 

jimee rai

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा