शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

नेपाल समुहविजेता बन्दै साफको सेमिफाइनलमा

काठमाडौं, २१ भदौ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले समुह चरणको अन्तिम  खेलमा बङ्गलादेशमाथि शानदार २-० जित हातपार्दै समुह विजेताबन्दै सेमिफाइनलमा प्रवेश गरेको छ  । 

नेपालको जितका लागि बिमल घर्तिमगर र नवयुग श्रेष्ठले समान एक एक गोल गरे। नेपालले खेलको ३३ औं मिनेटमा बिमलको फ्रि–किकमाफर्त अग्रता लिएको थियो। 

उनले झन्डै ३५ यार्डबाटबाट प्रहार गरेको फ्रि–किक गोलकिपर मोहम्मद सहिदुल अलामले हातमा आइसकेको बललाई रोक्न नसके पछि गोल हुन पुगेको थियो। नेपालले सुरुवाती समय देखि नै बंगलादेशलाई दबाबमा राखेको थियो। दोस्रो हाफमा भरत खवासको स्थानमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० ले अग्रता दिलाए। उनले ९० औं मिनेटमा गोल गरेका थिए।

saff suzuki cup group a 2018

यससँगै बंगलादेश समूह चरणबाट बाहिरिएको छ भने नेपालसँगै पाकिस्तान नकाउट चरणमा प्रवेश गरेको छ । नेपाल समूहको विजेताको तथा पाकिस्तान उपविजेता बन्दै नकाउट चरणमा प्रवेश गरेका हुन्।

यसअघि नेपालले समूह चरणको पहिलो खेलमा राम्रो खेल्दा खेल्दैपनि पाकिस्तानसँग अन्तिम समयमा गोल खादै पारजित हुन पुगेको थियो। भुटानविरुद्धको दोस्रो खेलमा अघिल्लो खेलको कमजोरी सुधार गरेर खेल्दा नेपालले भुटानमाथि ४-० को सहज जित निकाल्दै समूह चरण पार गर्ने आशा जिवित राखेको थियो। अब नेपालले नकाउट चरणमा समूह बी को उपविजेतासँग १२ सेप्टेम्बरमा खेल्ने छ। 

पुरा खेल हेर्नुहोस्

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डरमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास छन् । 

प्राप्त प्रतिकृयाहरू
anjal लेख्नुहुन्छ २०७५ भदौ २३ शनिबार ७:२८ pm

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा