शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैनः सभापति देउवा

सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह गरे । 
बुटवलमा शनिबार बुद्ध टेलिभिजनको ११औँ वार्षिकोत्सवमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु । तस्वीर : युवराज पाण्डे, बुटवल, रासस

बुटवल, २३ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । 

आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उनले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य हो भने । सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं–५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न सक्दैन भने । 

उनले पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गरे । 
सो अवसरमा प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिम हमाललगायतले सरकारले सबै क्षेत्रमा कर लगाएर जनतालाई मारमा पारेको विचार व्यक्त गरे । 

सो अवसरमा वरिष्ठ पत्रकार बाँकेका पन्नालाल गुप्ता,लन टेनिश खेल प्रशिक्षक विकास खड्का, लोकगायिका मन छन्त्याललाई नगदसहित सम्मान गरिएको थियो । रासस 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा