आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

थुलुङ राई भाषा पाठ्यपुस्तकको बालगीत रेर्कड गर्न गाउँबाटै आए विद्यार्थी

बालगीतहरु रेकर्ड तथा छायाँकनका सोलुखुम्बुबाट १३ र खोटाङबाट २ जना गरी १५ जना काठमाडौं आएर संगीत व्याकरण सारेगम सिकिरहेको

काठमाडौं, २१ भदौ । थुलुङ राई भाषाको कक्षा एकको पाठ्यपुस्तकमा समेटिएका ६ वटा बालगीतहरु रेर्कड गर्नका लागि सोलुखुम्बु र   खोटाङबाट १५  जना स–साना बालबालिकाहरु काठमाडौं आएका छन् ।

थुलुङ राई भाषा पाठ्यक्रम विकाश केन्द्रले प्रकाशित गरेको थुलुङ राई भाषाको पाठ्यपुस्तकमा समेटिएका ६ वटा बालगीतहरु रेकर्ड तथा छायाँकनका लागि लागि ९ देखि १२ वर्षबीचका विद्यार्थीहरु काठमाडौं आएका हुन् ।

बालगीतहरु रेकर्ड तथा छायाँकनका सोलुखुम्बुबाट १३ र खोटाङबाट २ जना गरी १५ जना काठमाडौं आएर संगीत व्याकरण सारेगम सिकिरहेको संगित प्रशिक्षक पदम राईले जानकारी दिए ।

बालगीत रेकर्डका लागि सोलुखुम्बुबाट काठमाडौं आउनेमा योजन राई, दिपिका राई, विकल राई, करिना राइ, प्रज्वल राई, भमकला राई, सञ्चिता राई, पुजना राई,  प्रिति राई, युगान्त राई, गान्दी देवी राई, दुर्गा राई र मनिल राई रहेका छन् ।

त्यसैगरी खोटाङ्गबाट प्रसन राई र प्रविना राई रहेका छन् ।

प्रशिक्षक राईले थुलुङ राई भाषाको पाठ्यक्रम निर्माणले ठुलो टेवा पुगेको भन्दै यसलाई पठन–पाठनमा अझै ब्यवहारिक बनाउन बालगीतहरु रेकर्ड तथा छायाँकन गर्न लागिएको बताए ।

भिडियो हेर्नुस्

सम्बन्धित अन्य समाचारहरु:

थुलुङ राई भाषाको पाठ्यपुस्तक निर्माणमा आर्थिक अभाव

आर्थिक अभावका बाबजुद थुलुङ भाषाको पाठ्यपुस्तक निर्माण सम्पन्न

थुलुङ राई भाषाको शिशु र कक्षा एकको पाठ्यपुस्तक सार्वजनिक

थुलुङ राई भाषाको पाठ्यक्रम–पाठ्यपुस्तक निर्माण समितिलाई निर्कुधन र भिमको एक लाख सहयोग

थुलुङ गाउँपालिका वडा- ९ बाट थुलुङ राई भाषाको पाठ्यक्रम निर्माण समितीलाई ७५ हजार सहयोग 

शेर्पाले थुलुङ राई भाषा पाठ्यक्रम विकाश केन्द्रलाई ५५ हजार पाँच सय ५५ आर्थिक सहयोग गरे

सोलुखुम्बुवासीबाट थुलुङ राई भाषा पाठ्यक्रम निर्माण समितीलाई ६३ हजार सहयोग

जनी र जयले थुलुङ राई भाषाको पाठ्यक्रम–पाठ्यपुस्तक निर्माण समितिलाई तीस हजार सहयोग

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा