शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

‘फिफा विश्व पुरुष खेलाडी वर्ष’मा तीन खेलाडी मनोनित, मेसी परेनन् 

यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् ।
फाइल फोटो /वेब

लण्डन, १९ भदौ । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस वर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । 

क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए । 

तर, यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए । 

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परेका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा