शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

सिटौलाको ‘देश र परिवेश’ कविता सङ्ग्रह सार्वजनिक

शिक्षा सेवी डा सुरेन्द्र सिटौलाको कविता सङ्ग्रह ‘देश र परिवेश’ सार्वजनिक भएको छ । 
फाइल फोटो / वेब

काठमाडौं, १७ भदौ । शिक्षा सेवी डा सुरेन्द्र सिटौलाको कविता सङ्ग्रह ‘देश र परिवेश’ सार्वजनिक भएको छ । 

देशका विकृति उजागर गरिएको सङ्ग्रहमा ५२ कविता समावेश गरिएको छ । सङ्ग्रह लोकार्पण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यमार्फत् देशका मौलिक भाषा, धर्म र संस्कृतिलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । नैतिक धरातल खस्केपछि देशमा बढेको गडबडीलाई कवि सिटौलाले सङ्ग्रहमार्फत् सार्वजनिक गर्नुभएको उनले सुनाए । 

प्रा डा बद्रीविशाल भट्टराईले वर्तमान राष्ट्रिय परिवेशको झलक दिन सङ्ग्रह सफल रहेको बतए । नाटककार डा अशेष मल्लले सङ्ग्रह पढ्दा हृदय र वुद्धिको समिश्रणले लेखिएको बुझ्न सकिने जानकारी दिए । कार्यक्रममा कवि सिटौला, काठमाडौं महानगरपालिका–४ का अध्यक्ष मोहन विष्ट, शिक्षकद्वय प्रभात आचार्य र रमेश खड्का लगायतले कविता समसामयिक नेपालको चित्र उतार्न सफल रहेको बताए । 

वाग्मती बोर्डिङ स्कुलले प्रकाशन गरेको पुस्तकको मूल्य रु २०० छ । लेखकको यो पहिलो कृति हो । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा