आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

मदन पुरस्कार–२०७४ ‘योगमाया’लाई, जगदम्बा श्री मानन्धरलाई 

मदन पुरस्कार–२०७४ का लागि योगमायासहित कैरन, नथिया, पाठशाला, भुइयाँ, यार, लिम्बुनी गाउँ र  हिमाली दर्शन उत्कृष्ठ ८ पुस्तकका रुपमा छनौट गरिएको थियो ।
फाइल फोटो /वेब

काठमाडौं, १२ भदौ । नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यासले मदन पुरस्कार–२०७४ पाउने भएको छ ।

मदन पुरस्कार गुठीले २०७४ को मदन पुरस्कारका निम्ति उत्कृष्ट आठ ओटा पुस्तकहरूको सूचीमा परेको मध्ये निहारिकाको ‘योगमाया’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गठीको साधरण सभा बैठकले गरेको हो ।

मदन पुरस्कार–२०७४ का लागि योगमायासहित कैरन, नथिया, पाठशाला, भुइयाँ, यार, लिम्बुनी गाउँ र  हिमाली दर्शन उत्कृष्ठ ८ पुस्तकका रुपमा छनौट गरिएको थियो ।

यसअघि २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले पाएको थियो ।

यस्तै, ‘बाल साहित्यको विकास, विस्तार र प्रर्वधनमा पाँच दशकदेखि सक्रिय’ शान्तदास मानन्धरलाई जगदम्बा श्री पुरस्कार–२०७४ प्रदान गर्ने निर्णय गुठीले गरेको छ ।

यी दुवै पुरस्कारको राशी २/२ लाख रहेको छ ।

Madan-purskar-20174-sancharkarmi


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा