आइतबार, २ मङ्सिर, २०७५ Sunday, 18 November, 2018

‘वाईफाई सिग्नल’ बम पत्ता लगाउने सस्तो प्रविधि : अध्ययन

अनुसन्धानकर्ताहरूले एन्टिनासहितको वाईफाई उपकरणको प्रयोग गर्दा ९० प्रतिशतसम्म त्यस्ता जानकारी सही रूपमा पाएका थिए ।
सांकेतिक फाइल फोटो/वेब

वीवीसी, २ भदौ । वाईफाईको प्रयोग गरेर सार्वजनिक स्थलमा हतियार वा विस्फोटक पदार्थ पत्ता लगाउन सकिने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन् ।

ती अनुसन्धानकर्ताहरूका अनुसार वाईफाई सार्वजनिक स्थलमा हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने सस्तो प्रविधिको रूपमा विकसित हुनसक्छ ।

रट्गर्ज विश्वविद्यालयको नेतृत्वमा गरिएको एउटा अध्ययनले वायरलेस अर्थात् विनातार प्रसार हुने सङ्केतहरूले झोलाभित्र रहेका वस्तुबारे जानकारी दिनसक्छन् ।

त्यसबाट खतरनाक धातु तथा तरल पदार्थ वा विस्फोटक रसायनको परिमाणबारे जानकारी पाउन सकिन्छ ।

अनुसन्धानकर्ताहरूले एन्टिनासहितको वाईफाई उपकरणको प्रयोग गर्दा ९० प्रतिशतसम्म त्यस्ता जानकारी सही रूपमा पाएका थिए ।

उनीहरूका अनुसार यो प्रविधिको प्रयोग गर्दा सुरक्षा जाँचमा लाग्ने खर्च कम हुने र व्यक्तिगत निजत्वको न्यूनतम उल्लङ्घन हुने गरी काम गर्न सकिन्छ । वीवीसी

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा