शनिबार, ६ असोज, २०७५ Saturday, 22 September, 2018

संसद्मा डा.केसीको जीवन रक्षा गर्न डा.भट्टराईको आग्रह

डा.बाबुराम भट्टराईले बुधबार (आज)को प्रतिनिधिसभाको वैठकमा विशेष समय माग गर्दै सरकारलाई शिक्षा तथा स्वास्थ्य विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।

उनले शिक्षा तथा स्वास्थ्य मूनाफा कमायने विषय हुन सक्दैन् भन्दै स्वास्थ्य क्षेत्रको विकृतविरुद्ध १५ औँ पटक अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको लागि माग गरेका छन् ।

उनले सरकारले नागरिक अधिकार कुण्ठित गर्न विरोध गर्न नपाउने र गाउँ, कुना काप्चामा मात्र सरकारको विरोध गर्न पाइने व्यवस्था गरेर लोकतन्त्रको सामान्य मूल्यमान्यता ख्याल नगरेको आरोप लगाएको छन् । उनले भने, ‘सरकार, सत्ता र पार्टीको विरोध र आलोचना गर्न नपाइने लोकतन्त्र, लोकतन्त्र नै होइन् ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा